२०७८ बैशाख २४ गते , शुक्रवार

भारतको विहारमा लकडाउन

भारतको विहारमा लकडाउन :: Times of Pradesh

एजेन्सी । झापाको सीमासँग जोडिएको भारतको विहार राज्यमा मङ्गलवारदेखि लकडाउनको घोषणा गरिएको छ । विहारमा मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नितिश कुमारले सोमबार मन्त्रीहरू र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् ।

विहारमा सोमबार कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । विहारको पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो । यसअघि पटनाको उच्च अदालतले विहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment