२०७८ बैशाख २४ गते , शुक्रवार

भद्रपुर माविमा दुई वटा पुरस्कारको स्थापना

भद्रपुर माविमा दुई वटा पुरस्कारको स्थापना :: Times of Pradesh

भद्रपुर । भद्रपुर माध्यमिक विद्यालयमा दुई वटा पुरस्कारको स्थापना गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरूले छुट्टाछुट्टै अक्षयकोष खडा गरी पुरस्कारको स्थापना गरेको हो । विद्यालयमा मङ्गलवार आयोजित एक संक्षिप्त कार्यक्रमका बिच स्व. देवीकुमारी श्रेष्ठ एवम् स्व. गोपालमान श्रेष्ठको स्मृतिमा भूतपूर्व विद्यार्थी प्रकाशमान श्रेष्ठ र उनका श्रीमती निता श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । त्यस्तै स्व. विष्णुप्रसाद दुलालको स्मृतिमा उनका परिवारका सदस्य धर्मप्रसाद, जानुका र अर्जुन दुलालले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।

दुवै अक्षयकोषको रकम बैङ्कमा जम्मा गरी त्यसबाट वार्षिक रुपमा आउने ब्याजको रकमबाट हरेक वर्ष कक्षा १० पास गर्ने र कक्षा ११ मा पढ्ने दुई छात्र र दुई छात्रालाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक कुलबहादुर गुरुङले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख प्रेम भुजेल, दाताको तर्फबाट धर्मप्रसाद दुलाल, निता श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य शिक्षक होम गुरुङले राखेको कार्यक्रमको सञ्चालन काजीमान लिम्बुले गरेका थिए । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment