२०८३ बैशाख ३ गते , विहीबार

२२ तले नयाँ धरहराको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओली

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ११ गते , शनिबार
२२ तले नयाँ धरहराको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं।  आज शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले २२ तले नयाँ धरहरा उद्घाटन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा हुने विशेष कार्यक्रमकाबीच आज बिहान ११ बजे तिर २२ तले धरहराको उद्घाटन गर्नेछन् । धरहरा उद्घाटनका लागि तयारी पूरा भएको र मुल धरहरा निर्माणको काम पनि लगभग सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । ६ वर्ष अघि केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढालेको थियो ।

२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराको बेसलाई संरक्षण गरि २२ तलाको नयाँ धरहरा बनाइएको हो। उद्घाटन आज भए पनि आमनागरिकका लागि भने आगामी माघमा मात्र धरहरा खुला हुनेछ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आममानिस चढ्न पाउने गरी तयारी गर्न र धरहरा परिसरको सजावट पूरा गर्न अब ९ महिना लाग्नेछ । २०७८ पुस १० गतेसम्म धरहराको सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘त्यसको करिब एक महिनापछि सर्वसाधारणका लागि धरहराको प्रवेशद्वार खुला गरिनेछ ।

सम्बन्धित समाचार