२०८३ बैशाख ३ गते , विहीबार

चिया उद्योगमा आगलागी, १० लाखको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ९ गते , विहीबार
चिया उद्योगमा आगलागी, १० लाखको क्षति

झापा । इलाम सूर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामीण चिया उद्योगमा आगलागी भएको छ । बिहीबार बिहान साढे ५ बजे आगलागी हुँदा उद्योगको स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट भएको छ । त्यस बापत १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोही फ्याक्ट्रीका कामदारहरूले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार