२०७८ बैशाख २४ गते , शुक्रवार

नेपालमा बढ्दै कोरोना ग्राफ : आज थपिए करिब १३ सय संक्रमित, आठ जनाको मृत्यु

नेपालमा बढ्दै कोरोना ग्राफ : आज थपिए करिब १३ सय संक्रमित, आठ जनाको मृत्यु :: Times of Pradesh

झापा । पछिल्लो २४ घन्टामा देशभर  १ हजार २ सय ८१ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ७  हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार २ सय २७ जना  र  ५ सय ४७  जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४  जना गरी जम्मा  १ हजार २ सय ८१ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भने २ सय ५५ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ८१ जना क्वारेन्टाइनमा रहेको र देशभर ७ हजार २ सय ५४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment