२०७८ बैशाख २४ गते , शुक्रवार

पूर्वमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

पूर्वमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते :: Times of Pradesh

झापा । झापा, सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । 
शनिवार राति ८ बजे सुनसरी इटहरी ६ पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ५ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को३३ प ३२४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी ८ का ४२ वर्षीय वीरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए । उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको छ । बस र चालक इटहरी १२ खनार का ३८ वर्षीय सन्तोष विकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
त्यस्तै आइतबार बिहान ६ बजे मोरङ धनपालथान गाउँपालिका ४ स्थित भलुवा चौकमा पश्चिम तर्फ जाँदै गरेको को२७प ६४५९ को  मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका २ का २३ वर्षीय भोला शर्मा  र पछाडि सवार सोही स्थान ३ का २२ वर्षीय कासमिक मुर्मु गम्भीर घाइते भई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको र उपचारको क्रममा चालक शर्माको बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मुर्मुको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

यता  शिवसताक्षी ८ स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ३८ प ५९३६ को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा परी एकै परिवारका चार जना घाइते भएका छन् । मोटरसाइकल चालक इटहरी उपमनपा ६ का ३५ वर्षीय जगत् राई , श्रीमती ३ बर्षिया कमला राई , ७ वर्षीय निर्जल राई र ४ वर्षीय सोघन राई घाइते भएका हुन । उनीहरूको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment