२०८३ बैशाख ३ गते , विहीबार

पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी उत्कृष्ट नागरिक घोषित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ४ गते , शनिबार
पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी उत्कृष्ट नागरिक घोषित

झापा नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारी उत्कृष्ट नागरिक घोषित भएका छन् कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषणा गरेका हुन

झापाका अग्रज पत्रकारलाई भण्डारीलाई वीरता जेसीजले शनिवारमा बिर्तामोडमा एक समारोहका बिच उत्कृष्ट नागरिकको सम्मान गरे नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भण्डारीलाई सम्मान पत्र प्रदान गरेका थिए उत्कृष्ट नागरिक घोषणा भएसँगै पत्रकार भण्डारीलाई झापाका विभिन्न सय ३१ वटा सङ्घसंस्थाले सामूहिक रुपमा अभिनन्दन गर्दै सम्मान समेत गरेका थिए

उत्कृष्ट नागरिकको अभिनन्दनपछि पत्रकार भण्डारीलाई नगर परिक्रममा गराइएको थियो वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एक जनालाई उत्कृष्ट नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए

को हुन पत्रकार भण्डारी

झापाको शान्तिनगरमा बुवा पद्मप्रसाद आमा ललितादेवी भण्डारीको १५औं सन्तानको रुपमा चन्द्र भण्डारीको जन्म भयो कान्छो सन्तानका रुपमा वि।सं। २०१३ फागुन २२ गते साबिक शान्तिनगर मा जन्मिएका भण्डारी पत्रकारिता क्षेत्रका अग्रज व्यक्ति हुन् पत्रकारितासँगै उनी राजनीतिक, सङ्गीत, साहित्य क्षेत्रमा पनि  त्यत्तिकै परिचित छन् 

 वि.सं. २०४६ सालमा लीना भण्डारीसङ वैवाहिक जीवनमा बाँधिएका भण्डारीका दुई छोरा सुव्रत प्रशान्त तथा एक छोरी आरती रहेकी छिन् २०२५ सालमा झापाबाट प्रकाशित सूर्योदय, आलोक लगायतका पत्रपत्रिकामा छिट फुट रुपमा लेख रचना प्रकाशन गर्दै पत्रकारिताको आरम्भ गरेका भण्डारीले २०३५ सालदेखि काठमाडौँबाट प्रकाशित मातृभूमि, नव सन्देश जस्ता पत्रिकामा काम गर्न थाले

२०४६ सालको परिवर्तनपछि नेपाल पत्रकार सङ्घ स्थापना भएको सो सङ्घको उनले सचिवको भूमिका निर्वाह गर्न भ्याए २०५१ सालमा नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव समेत भएका पत्रकार भण्डारीले राजधानीमै बसेर पत्रकारिता गरे उनले काठमाडौँ बसाइको क्रममा प्रकाश साप्ताहिक, सारांश मासिक पत्रिकाको सम्पादन समेत गरेका थिए झापाको युग ज्ञान साप्ताहिकबाट पत्रकारितालाई निरन्तरता दिएका भण्डारी अहिले कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशकको भूमिकामा छन्

पत्रकारिता सुरु गर्नु अघि राजनीतिमा सक्रिय भएका भण्डारीले वर्ष महिना कारागारको जीवन बिताए  झापा जेलबाटै २०३१ सालमा एसएलसी दिएका भण्डारीले इतिहास राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहेका भण्डारी राजनीतिक परिवर्तन नभएसम्म मुलुकको विकास हुन नसक्ने विचार राख्थे सानै उमेरदेखि राजनीतिमा होमिँदा उनले थुप्रै कष्ट व्यहोरेका छन् पञ्चायती व्यवस्थाको अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र पुनः स्थापनाका लागि भण्डारीले विद्यार्थी जीवनदेखि नै राजनीतिक सङ्गठनलाई तीव्रता दिएका थिए जिल्लाको कान्छो नगरपालिकाको रुपमा रहेको

मेचीनगर नगरपालिकाको निर्वाचनमा उनले सर्वाधिक मत प्राप्त गर्दै उपमेयरको जिम्मेवारी सम्हालेका थिए उपमेयर भएकै अवस्थामा उनले २०५८ मा रेडियो सञ्चालन गरेका थिए पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भण्डारी देश तथा विदेशमा रहेका ५० भन्दा बढी सङ्घसंस्थाबाट सम्मानित एवम् पुरस्कृत भइसकेका छन्

सम्बन्धित समाचार