२०८३ बैशाख ३ गते , विहीबार

आजको मौसम : देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित पानी पर्ने

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ४ गते , शनिबार
आजको मौसम : देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित पानी पर्ने

झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।

दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि(मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ। हावाहुरी र चट्याङबाट जोगिन महाशाखाले आग्रह गरेको छ।

आगामी दुई तीन दिनसम्म मौसम यस्तै रहने महाशाखाको अनुमान छ। शुक्रबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङ र असिनासहित पानी परेको थियो। काठमाडौं उपत्यकामा पछिल्लो १८ घण्टामा १३ दशमलब ३ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनमत तापक्रम ११ दशमलकब ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २६ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।  

सम्बन्धित समाचार