२०८३ बैशाख ३ गते , विहीबार

कोहलपुर दुर्घटना : काँकडभिट्टाका छत्र कटुवालको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ४ गते , शनिबार
कोहलपुर दुर्घटना : काँकडभिट्टाका छत्र कटुवालको मृत्यु

झापा। झापाको मकालु बस सुर्खेतबाट धरान आउँदै गर्दा कोहलपुरमा टिपरसँग ठोकिएर दुर्घटना हुँदा बस धनी काँकडभिट्टाका छत्र कटुवालको मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको मकालु बस शुक्रवार साँझ ५ बजे बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित रोहिणी खोला नजिकै विपरीत दिशाबाट निर्माण सामग्री बोकेर जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा बस धनी कटुवालसहित ५ जनाको मृत्यु भएको हो । बसमा सवार ३७ जना यात्रु समेत घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टाका बस धनी ४५ वर्षीय कटुवाल, कोहलपुर नगरपालिका–१२ का २१ वर्षीय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षीय खगेन्द्र सुनार, सुर्खेतको साटा खानीका ४० वर्षीय जीवन विक र अन्दाजी ३५ वर्षीय भारतीय महिला रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सम्बन्धित समाचार