२०८२ असार २ गते , सोमबार

बाह्रदशी जेसीजद्धारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २ गते , विहीबार
बाह्रदशी जेसीजद्धारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान

झापा । प्रस्तावित बाह्रदशी जेसीजले नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष विगम श्रेष्ठको अध्यक्षतामा जेसीजमा आबद्ध सम्पूर्ण सदस्यहरू सहभागितामा शुभकामना आदान प्रदान सम्पन्न गरेको हो ।

सञ्चार संयोजक गोपाल उप्रेतीले संयोजन गरेको कार्यक्रम महासचिव तीर्थ प्रसाद काफ्लेले सञ्चालन गरेका थिए । बाह्रदशी ५ स्थित कन्ट्री ओसिस होटेलमा सम्पन्न कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष पुष्पलाल धमला, टङ्कबहादुर कार्की, उपाध्यक्ष सोमनाथ बजगाईँ, सचिव अनिल महतो, शिक्षा संयोजक लक्ष्मीप्रसाद उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार