२०८१ मंसीर २० गते , विहीबार

हात्तीपाइलेको औषधि खान भद्रपुर जेसीजको आव्हान

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १९ गते , विहीबार
हात्तीपाइलेको औषधि खान भद्रपुर जेसीजको आव्हान

भद्रपुर । झापामा हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत आम औषधि वितरण कार्यक्रममा भद्रपुर जेसीजले चासो देखाएको छ ।  भोलिदेखि चैत मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा औषधि खाने कार्यक्रममा विशेष गरी भद्रपुर जेसीजले भद्रपुर नगरका १० वटै वडामा औषधि खानका लागि विभिन्न क्षेत्रमा ब्यानर मार्फत आव्हान गरेको हो ।

जेसीजका पदाधिकारीले वडा नम्बर १ को हिमाली,२ नम्बर वडाको सगरमाथा चौक ,वडा नम्बर ३ को ज्ञाने चौक, ४ नम्बर वडामा झापा चौक, भद्रपुर ,चन्द्रगढी बजार,लेखनाथ चौक, बिपी चौक ,लक्ष्मी चौकमा गरी १० वटै वडामा ब्यानर राख्ने काम भइरहेको सन २०२१ का भद्रपुर जेसीजका महासचिव मनोज कुमार भट्टराईले जानकारी दिए । जनचेतना अभावका कारण सर्वसाधारण औषधि खान डराएकोले चौक चौकमा ब्यान राख्नु परेको उनले जनाए ।

हात्तीपाइले रोग निवारण १० औँ पटक भएकाले अभियान सफल पार्न विभिन्न माध्यमबाट सचेतना फैलाइरहेको भद्रपुर जेसीज अध्यक्ष खिलनाथ पाण्डे  (निकास)ले बताए । औषधि खान हुँदैन भन्ने धेरै थरीका व्यक्तिको बुझाइ भएकोले सो विषयमा स्पष्ट पार्ने काम ब्यानरले गरेको उनले बताए । स्वास्थ्यकर्मीसँगै जेसीजकर्मीहरु सबै वडामा गएर औषधि खान आव्हान गर्ने उनले जानकारी दिए ।

जिल्लाका कूल ९ लाख ३३ हजार जनसङ्ख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउनका लागि ६ सय जना स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयले अभियानका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । नेपाल सरकारले सन् २०२६ सम्ममा निवारण गर्ने उद्देश्य राखेको छ ।

सम्बन्धित समाचार