२०८३ बैशाख ३ गते , विहीबार

चार्जमा लगाएर चलाउँदा मोबाइल पड्कियो, एक किशोरीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १० गते , मंगलबार
चार्जमा लगाएर चलाउँदा मोबाइल पड्कियो, एक किशोरीको मृत्यु

झापा । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत थिइन् ।  मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार