हेर्नुहोस्, २०७७ साल चैत ९ सोमबारको राशिफलमा तपाईँको भाग्य

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन शुभ फलदायी रहनेछ। विचारमा शीघ्र परिवर्तन आउनाले महत्त्वपूर्ण कार्यमा अन्तिम निर्णय लिनुहुनेछ। कार्यको सन्दर्भमा वा कुनै विशिष्ट कारणले यात्राको योग रहेको छ। लेखनकार्यको लागि शुभ दिन रहेको छ। बौद्धिक एवम् तार्किक विचार विनिमय हुन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मनको स्थिरता बनाईराख्नुहोला। अर्निणयको मनोदशाको फल स्वरूप हातमा आएको अवसर गुमाउन सक्नुहुन्छ। समझौता गर्ने वृत्ति राख्नुहुनेछ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि दिन अनुकुल दिन रहेको छ। कुनै नयाँ कार्यको आरम्भ नगर्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन आर्थिक दृष्टिकोणले दिन लाभदायी रहेको छ। स्वादिष्ट वा उत्तम भोजन, सुन्दर वस्त्र एवम् सज्जा तथा मित्र एवम् परिवारसँग दिन मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य पनु शुभ रहनेछ। धनको अधिक व्यय नगर्नुहोला। उपहार मिल्नाले मन आनन्दित रहनेछ।निषेधात्मक विचारलाई मनमा आउन नदिनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मनःस्थितिको कारण कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग मनमुटावको प्रसंग हान सक्छ। पारिवारिक कार्यमा खर्च हुन सक्छ। बोलीमा ध्यान राख्नुहोला। मनमा यदि कुनै भ्रान्तिमा स्पष्टता गर्न आवश्यक रहेको छ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। मानहानि एवम धनहानिबाट बच्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दिन लाभदायी रहेको छ। मित्र वा स्त्री मित्रबाट लाभ होला। कुनै सुन्दर स्थलको पर्यटनको सम्भावना रहेको छ। अनिर्णायक्ताको कारण हातमा आएको अवसर जान सक्ला जसकारण महत्त्वपूर्ण निर्णयलाई टाल्नुहोला। अधिकतर समय विचारमा व्यस्त रहनुहोला। व्यापार एवम् आर्थिक लाभको योग रहेको छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन शुभ फलदायी रहेको छ । नयाँ कार्यको आयोजन सम्पन्न हुनेछ। व्यापारीवर्ग एवम् पेशा गर्ने व्यक्तिको लागि समय निकै शुभ दिन रहेको छ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग रहेको छ। पिताबाट लाभ हुनेछ। परिवारमा आनन्दको वातावरण बनिरहनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
व्यावसायिक क्षेत्रमा लाभ हुनेछ। पेसा वा व्यापारमा सहकर्मीबाट पूर्ण सहयोग मिल्नेछैन। लामो यात्रा वा कुनै धार्मिक स्थलम जानुहुनेछ। लेखनकार्य एवम् बौद्धिक क्षेत्रमा सक्रिय रहनुहुनेछ। विदेशबाट मित्र एवम आफन्तको समाचार मिल्नेछ। शारीरिक अस्वस्थताको अनुभव हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन शान्तिपूर्वक वा सावधानीपूर्वक रूपले बिताउनुहुनेछ। नयाँ कार्यमा असफलता प्राप्त हुने योग रहेको छ। कुनै नयाँ कार्य प्रारम्भ नगर्नुहोला। क्रोधमा ध्यान राख्नुहोला। खर्च बढ्नुको साथसाथै आर्थिक संकट खडा हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन आनन्दपुर्वक बित्नेछ। मनोरंजनको प्रसंगमा मन प्रफुल्लित रहनेछ। विपरीत लिंगीय व्यक्तिको सहयोगले आनन्द मिल्नेछ। मित्रको साथसाथै बसाई , पर्यटनको आयोजन हुन सक्छ। लेखनकार्यको लागि दिन निकै अनुकुल रहनेछ। साझेदारीबाट लाभ हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापारमा विकासको लागि दिन निकै लाभकारी रहेको छ। व्यावसायमा आआफ्नो आयोजन अनुसार कार्य गर्नुहुनेछ। पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धित कार्यमा बाधा आउनेछ। स्वास्थ्य राम्रो रहनेछ। घरमा सुखशान्तिको वातावरण बनिरहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बोलि तथा विचारमा शीध्र परिवर्तन आउनेछ। लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिले आनन्द मिल्नेछ। आकस्मिक खर्च हुनेछ। पाचन नहुने बिरामीले स्वास्थ्य बिग्रिन सक्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
उत्साह तथा स्फूर्तिको कमी हुनेछ। परिवारसँग विवादमा नउत्रिनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ। पेसाको चिन्ता रहनेछ । धन तथा कीर्तिको हानि नहोस् यस कुराको ध्यान राख्नुहोला।