२०८१ भाद्र २४ गते , सोमबार

कचनकवलमा खानेपानी तथा सरसफाइ सम्बन्धित तालिम शुरु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ८ गते , आईतबार
कचनकवलमा खानेपानी तथा सरसफाइ सम्बन्धित तालिम शुरु

झापा । कचनकवल गाउँपालिकाका सामुदायिक विद्यालय लक्षित गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ६ दिने अभिमुखीकरण तालिम शुरु भएको छ । 

नारी कल्याण समाजको आयोजना तथा गुड नेइभर इन्टरनेशनल नेपालको सहयोगमा आयोजित तालिममा गाउँपालिका भित्रका ८ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् । सो तालिमको एक कार्यक्रमका बिच  प्रदेश १ का सांसद वसन्त बानियाले उद्घाटन गरेका हुन । 

संस्थाकी संस्थापक अध्यक्ष कमला उप्रेतीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमा भट्टराईले गरेका थिए ।   कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी र सरसफाइ समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।चैत ८ गतेदेखि शुरु भएको तालिम १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।   गाउँपालिकामा विद्यालय भवन र अपाङ्ग मैत्री शौचालय बनाउने अभियान पनि शुरु गरिएको छ । 

सम्बन्धित समाचार