२०८३ बैशाख २ गते , बुधबार

जेल मुक्त भएका इलामका दुर्गाप्रसाद ४१ वर्षपछि जन्मभूमि टेके

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ८ गते , आईतबार
जेल मुक्त भएका इलामका दुर्गाप्रसाद ४१ वर्षपछि जन्मभूमि टेके

झापा । विना सुनुवाई ४१ वर्षदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश आएका छन् । उनले ४१ वर्षपछि जन्मभूमि टेकेका हुन् । अहिले उनी पूर्वीनाका काँकडभिट्टा आइपुगेका छन् । 

कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधार गृह) मा रहेका तिम्सिना जेल मुक्त भएसँगै उनी नेपाल फर्किएका हुन् । उनलाई लिन भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत भारत पुगेका थिए । 

उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए ।  यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् ।  उनी धेरै बोल्दैनन् । तर, छुटेलगतै 'म निर्दोष छुु भन्ने प्रतिक्रिया दिए । जेलबाट निस्कँदा बोल्दै नबोलेका उनी अहिले मलिन स्वरमा सोधिएका जवाफ दिन थालेका छन् । उनले पुराना भाकाको 'रेशम फिरिरी.... गीत बारम्बार गुनगुनाइरहन्छन् । नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार