झापा दुर्घटना अपडेट : थप एक जनाको उपचारको क्रममा मृत्यु, तीन जना घाइते
झापा । झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थप एक जनाको उपचाको क्रममा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक मोरङ रतुवा माई नगरपालिका ८ बस्ने २३ वर्षीय निरन बस्नेतको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
यसअघि बस्नेतकै मोटरसाइकलको पछाडि सवार मोरङ रतुवा माई नगरपालिका ८ बस्ने २४ को अनीश कोइराला मृत्यु भइसकेको थियो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार रतुवा माई नगरपालिका ८ का १८ वर्षीय हर्षित बास्तोला, को २८प ११३३ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका ८ बस्ने ४० वर्षीय तुलाराम ढुङ्गाना र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ८५ वर्षीय शिवलाल ढुङ्गाना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ४ चिया बगान नजिकै शनिवार बेलुका साढे ५ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२- ०४४प ८१३३ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ गइरहेको को २८प ११३६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
https://timesofpradesh.com/news/1616246507