२०८३ जेष्ठ १७ गते , आईतबार

भद्रपुरका महिलालाई कानुन सम्बन्धी सचेतना

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ७ गते , शनिबार
भद्रपुरका महिलालाई कानुन सम्बन्धी सचेतना

भद्रपुर । कानुनको अज्ञानताका कारण महिला हिंसामा पर्ने गरेको विषयलाई मध्यनजर गर्दै चन्द्रगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । महिला सञ्जाल भद्रपुर १० को आयोजनामा चन्द्रगढीमा कानुन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

वडाका बाह्र वटा टोल विकास संस्थालाई सहभागिता गराएर जिल्ला प्रहरी कार्यालय झापाकी इन्स्पेक्टर सपना खड्काले प्रशिक्षण दिएकी थिइन् । प्रविधिसँगै महिलामाथि बलात्कार,जबरजस्ती करणी,घरेलु हिंसा लगायत विभिन्न घटना भइरहेकोले त्यस्ता घट्नाबाट जोगिन र नियन्त्रण गर्ने विषयमा इन्स्पेक्टर खड्काले सचेतना गराएकी थिइन् । कानुन नजान्दा महिलाले भोग्नु परेको पीँडाका विषयमा सहभागी महिलाहरूलाई जानकारी गराइएको उनले जनाइन् ।

हिंसामा परेका महिलाहरूको सम्पूर्ण व्यवस्थापन मेची प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालित एकद्धार सङ्कट व्यवस्थापन केन्द्रले गर्दै आइरहेको मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले जानकारी गराएकी थिइन् । कोही महिला त्यस्तो पीडित भएमा त्यहाँ गएर  गोप्यरुपमा उपचार गराउन सक्ने उनले जनाएकी थिइन् ।

सञ्जालकी अध्यक्ष देवी अधिकारी सुवेदीको सभापतित्व तथा वडा नम्बर १० का वडाध्यक्ष टेक बहादुर खड्का(काजी)को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीकी अम्बर कुमारी खड्का लगायतले महिलामाथि हुने गरेका अनेकौँ घट्नका विषयमा जानकारी गराएका थिए ।

दुर्गा निरौला पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह–सचिव उर्मिला मिश्रले गरेकी थिइन् । वडाका ७० जना भन्दा बढी महिलाको उपस्थिति रहेको सञ्जालकी सदस्य पार्वता घिमिरेले जानकारी दिइन् । 

सम्बन्धित समाचार