२०८३ बैशाख २ गते , बुधबार

प्रेस सङ्गठन झापाको संयोजकमा रेग्मी

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ७ गते , शनिबार
प्रेस सङ्गठन झापाको संयोजकमा रेग्मी

झापा । प्रेस सङ्गठन झापाको संयोजकमा झुलन रेग्मी चयन भएका छन् । शनिवार सुरुङ्गामा बसेको सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह–संयोजकमा रहेका रेग्मीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सङ्गठनलाई थप चलायमान बनाउनका लागि नेतृत्व चयन गर्दै रणनीतिक योजना बनाएर अघि बढ्ने समेत भेलाले निर्णय गरेको छ । भेलाले चैत्र २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघकोे तीन तहको निर्वाचनका लागि झापाको हकमा महासङ्घमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने समिति चयन गरेको छ ।

उक्त समितिले अन्य सङ्गठनहरूसँग तालमेलका लागि संवाद गर्न र प्रेस सङ्गठन झापाका उम्मेदवार छनोट गर्न भूमिका निर्वाह गर्नेछ । त्यसका लागि केन्द्रीय सदस्य विमल लामिछानेको संयोजकत्वमा दयाराम दाहाल, तारामणि सापकोटा, झुलन रेग्मी र उद्धव पुरी सदस्य रहेको पाँच सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । उक्त समितिले महासङ्घको निर्वाचनका लागि सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गराउन अन्य सङ्गठनसँग संवाद, सहमति र सहकार्यलार्ई प्राथमिकतामा राख्ने सचिव पुरीले जानकारी दिए ।

सम्बन्धित समाचार