२०८३ बैशाख २ गते , बुधबार

आजदेखि मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ५ गते , विहीबार
आजदेखि मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले गत पुस ६ गतेदेखि रोकिएको मतदाता नामावली संकलन कार्य आजदेखि फेरि सुरु गर्दैछ।  प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले मध्यावधि चुनावको मिति घोषणा गरेसँगै नामावली संकलन रोकिएको थियो। मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिनेछैन भन्ने व्यवस्था छ। 

आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिकको काम अघि बढ्ने आयोगले जनाएको छ। १८ वर्ष उमेर पुगेका नागरिकले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर आफ्नो नाम लेखाउन सक्नेछन्। 

निर्वाचन आयोगले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता रहेको जानकारी दिएको छ। आयोगले गत माघ १५ गतेदेखि मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो। त्यस्तै आयोगले मतदानस्थल तथा मतदान केन्द्रको पनि पुनरावलोकन गरेको छ। अब देशभर १० हजार ६ सय ६० मतदान स्थल कायम भएका छन्। 

सम्बन्धित समाचार