२०८३ बैशाख २ गते , बुधबार

खैरो हिरोइनसहित बिर्तामोडका युवक मेची खोलामा पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
खैरो हिरोइनसहित बिर्तामोडका युवक मेची खोलामा पक्राउ

झापा। प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ बस्ने २१ वर्षीय मानव राजवंशी रहेका छन् । मेचीनगर नगरपालिका ६ स्थित मेची खोलाबाट विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन फेला पारी आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार