२०८३ बैशाख २ गते , बुधबार

हेलिकप्टर चढेर मुख्यमन्त्री राई ससुराली पुगे

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३ गते , मंगलबार
हेलिकप्टर चढेर मुख्यमन्त्री राई ससुराली पुगे

झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन्। पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्री हेलिकप्टर नै चार्टड गरेका हुन्। 

आज बिहान शेरधनपत्नी जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन्। साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन्। 

उक्त स्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधार लगायतले जनतालाई जोड्न बाँकी रहेको भन्दै आफ्ना श्रीमान शेरधनलाई यसप्रति ध्यानाकर्षण भएको पनि उनले लेखेकी छन्। 

सो अवसरमा त्यहाँ मुख्यमन्त्री राईले आमसभालाई सम्वोधन गरेको र स्थानीय समस्या बुझ्ने काम पनि भएको साथै गएका सांसद राजेन्द्र गौतमले थाहाखबरलाई बताएका छन्।

सम्बन्धित समाचार