२०८१ माघ ३० गते , बुधबार

दुर्गा प्रसाईको प्रश्न : हामीलाई मेडिकल कलेजको सम्बन्धन दिन किन यति गाह्रो ?

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३ गते , मंगलबार
दुर्गा प्रसाईको प्रश्न : हामीलाई मेडिकल कलेजको सम्बन्धन दिन किन यति गाह्रो ?

झापा । झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नै आफ्नो कलेजले  सम्बन्धन पाउनुपर्ने बताएका छन्।

आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार नै आफ्नो मेडिकल कलेजले सबन्धन प्राप्त गर्नुपर्ने दाबी गरेका छन्। ​

प्रसाईंले भनेको चिकित्सा शिक्षा ऐनको सो उपदफामा ुयस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। तर यो ऐन जारी हुनुअघि सम्बन्धन दिइसकेका र मनशाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन । काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ। आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन।ु  उल्लेख छ।

उनले भने, ‘यति स्पष्ट रुपमा ऐनमै उल्लेख गरिएको छ, तर हामीले पनि भनेका छौँ, ऐनअनुसार सम्बन्धन दिनु तर हामीलाई सम्बन्धन दिन किन गाह्रो। ‘तत्कालीन शिक्षा मन्त्रालयले झापाको अनारमनी गाविसमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ कलेजलाई मनशायपत्र २०६८ माघ २४ गते प्रदान गरेको थियो ।

कलेजले १५ फागुन २०७३ मा नै मापदण्ड तथा पूर्वाधार तयार गरी एमबिबिएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि काठमाडौँ विश्वविद्यालयसमक्ष निवेदन दिएको थियो। निवेदन दिएको ठ्याक्कै चार वर्षपछि अर्थात् १२ फागुन २०७७ मा बसेको केयूको ८९ औँ बिएण्डसीको निवेदनको विषयमा छलफल भएको र सम्बन्धन प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।

विश्वविद्यालयले मेडिकल कलेजको सम्बन्धमा गरेको पछिल्लो निर्णय आयोगलाई समेत जानकारी गराइसकेको छ। अब बस्ने आयोगको बैठकले विश्वविद्यालयको सभाले गरेको निर्णयबारे आवश्यक कदम चाल्ने बुझिएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा १६ बिघा जमिन, ३०० शैयाको अस्पताल, उपकरण, अस्पतालमा दैनिक बिरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत आवश्यक मानिन्छ। थाहाखबरबाट

सम्बन्धित समाचार