२०८१ माघ २५ गते , शुक्रबार

हेर्नुहोस्, २०७७ साल चैत २ गते सोमबारको राशिफलमा तपाईँको भाग्य

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १ गते , आईतबार
हेर्नुहोस्, २०७७ साल चैत २ गते सोमबारको राशिफलमा तपाईँको भाग्य

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन अस्वस्थता र व्यग्रतामा बित्नेछ । रुघाखोकी वा ज्वरो आउनेछ। कसैको भलाई गर्दा तपाईलाई विपत्ति आउन सक्छ। कसैसँग पैसाको लेनदेन नगर्नुहोला। निर्णयशक्तिको अभावमा मनमा द्विधा बढ्न सक्छ । अधिक लाभ लिने लालचमा हानि नहोस यस कुराको ध्यान राख्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन शुभ फलदायी रहनेछ । धन वृद्दि तथा पदोन्नति हुने योग रहेको छ। व्यापारमा गरिएको लेन-देनमा सफलता मिल्नेछ। परिवार तथा मित्रसँग सुखद क्षणको आनन्द प्राप्त गर्नुहुनेछ । छोटो यात्रा हुन सक्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन शुभ तथा अनुकूल रहनेछ । कार्यालयमा सहकर्मचारी तथा उच्च अधिकारीसँगको सम्बन्ध रहनेछ । सामाजिक दृष्टिले तपाईको मान-सम्मान वृद्धि हुनेछ पदोन्नतिको योग रहेको छ । आफन्तसँगको भेटमा उपहार प्राप्त गर्नुहुनेछ । स्वास्थ्य राम्रो रहनेछ । सांसारिक जीवन आनन्दमय रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको लागि आरामदायक दिन रहेको छ । हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । पेसामा उच्च पदाधिकारी प्रसन्न रहनेछ । पदोन्नति हुने योग रहेको छ । कार्यको सन्दर्भमा यात्रा हुनेछ । आमासँग सम्बन्ध सुदृध रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । सरकारबाट लाभ हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाइको दिन मध्यम फलदायी रहेको छ । निर्धारित कार्यतर्फ ध्यान दिनुहोला । धार्मिक एवम् मांगलिक कार्यमा दिन बिताउनुहुनेछ। थोरै क्रोधित रहनुहुनेछ र मानसिक अशान्ति रहनेछ । सन्तानतर्फ चिन्तित रहनुहुनेछ एवम् व्यवसायमा बाधा उपस्थित रहनुहुनेछ । विदेश स्थित आफन्तबाट समाचार मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्यको आरम्भ नगर्नुहोला। स्वास्थ्यको ख्याल राख्नुहोला । अधिक क्रोधित रहनुहुनेछ ,त्यसैले बोलीमा ध्यान राख्नुहोला। परिवारसँग उग्र व्यवहारको कारण मन दुख नहोस यस कुराको ध्यान राख्नुहोला । खर्च हुनेछ । पानीबाट बच्नुहोला वा सरकार विरोधी प्रवृत्ति वा झगडाबाट टाढा रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन आनन्दमय रहनेछ । विपरीत लिंगको पात्र तपाईको जीवनमा छाईरहनेछ । नयाँ वस्त्रको खरिद गर्नुहुनेछ । तन र मनको तन्दुरुस्ती रहनेछ र मान्छेको मान-सम्मान प्राप्त गर्नुहुनेछ । भोजन सुख उत्तम रहनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको गृहस्थजीवनमा शान्ति एवम् आनन्दको वातावरण रहनेछ एवम् शारीरिक वा मानसिक स्वास्थ्य सुदृढ रहनेछ । बिरामी मान्छेको स्वास्थ्यमा सुधार हुनेछ । कार्यमा सहकर्मीको सहयोग मिल्नेछ। स्त्री मित्रसँग भेट हुनेछ एवम् माईतबात शुभ समाचार प्राप्त गर्नुहुनेछ । धन लाभ हुनेछ एव्म्म रोकिएको कार्य पूर्ण हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यात्रा सकेसम्म नगर्नुहोला किनकी पेट सम्बन्धि बिरामी एवम् समस्या पैदा हुनेछ । सन्तानको स्वास्थ्य वा अभ्यास सम्बन्धि चिन्ताले मन व्याकुल रहनेछ । कार्य-सफलता नहुँदा मन निराशा रहनेछ । साहित्य एवम् कला प्रति रुचि रहनेछ र काल्पनिक दुनियालाई याद गर्नुहुनेछ । प्रिय पात्रसँग शुभ समय बित्नेछ । तार्किक एवम् बौद्धिक चर्चाबाट टाढा रहनुहुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन शारीरिक स्वास्थ्य एवम् मनोदशा राम्रो रहनेछैन वा परिवारमा झगडाको वातावरणले खिन्नता रहनेछ। शरीरमा स्फूर्ति तथा ऊर्जाको अभाव महसूस हुनेछ। निजी आफन्तसँग मनमुटाव हुन सक्छ । सामाजिक रूपले मानहानि होला ,त्यसैले पानी एवम् स्त्रीबाट टाढा रहनुहोला । मानसिक चिन्ता एवम् प्रतिकूल परिस्थितिमा चिन्तामय दिन रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मानसिक रूपले हल्का महसुस गर्नुहुनेछ किनकी मनमा मनमा छाएको चिन्ताको बादल टाढा हुनाले मनमा उत्साहको संचार हुनेछ । घरमा भाई-बहिनीसँग मिलेर नयाँ कार्य गर्नुहुनेछ र दिन आनन्दपुर्वक बित्नेछ। मित्र एवम् आफन्तसँग भेट हुनेछ । भाग्यवृद्धि हुनेछ र प्रतिस्पर्धी समक्ष विजय प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

खर्चमा ध्यान राख्नुहोला र रिस एवम् बोलीमा ध्यान राख्नुहोला । कसैसँग झगडा वा मनमुटाव होला । पैसाको लेनदेनमा सावधान रहनुहोला । आफन्तसँग झगडा हुनेछ शारीरिक एवम् मानसिक स्वास्थ्य मध्यम रहनेछ । नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला।

सम्बन्धित समाचार