२०८३ बैशाख २ गते , बुधबार

ताप्लेजुङमा आगलागी, एक घर जलेर नष्ट

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २७ गते , विहीबार
ताप्लेजुङमा आगलागी, एक घर जलेर नष्ट

ताप्लेजुङ ।  फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ ।  आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।  घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट दुई लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 
 
एक्लै बस्दै आउनुआएका लिम्बूको आगलागीबाट ८० हजार रुपैयाँ, ३० हजार रुपैयाँ बराबरको अन्नपात र  लत्ताकपडालगायत सामान र करीब रुपैया एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन । 

सम्बन्धित समाचार