२०८३ बैशाख २ गते , बुधबार
बिजुलीको पोलबाट करेन्ट लाग्दा एक बालकको घटनास्थलमै मृत्यु
सङ्खुवासभा । सङ्खुवासभामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका ६ फाक्सीका ७ वर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट बालकलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।