२०८३ बैशाख २ गते , बुधबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २७ गते , विहीबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते

झापा । सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा नगरपालिका  ८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उराव रहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार बेलुका साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत भोक्राहानरसिङ  ४ स्थित स ४ प ५७१३ नम्बरको मोटरसाइकलले पैदलयात्री उरावलाई ठक्कर दिएको थियो । घाइते उरावको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० वर्षीय शिव नारायण मण्डल समेत घाइते र उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार