२०८३ बैशाख २ गते , बुधबार
झापामा गुडिरहेको ट्याक्टरबाट खसेर सह-चालकको मृत्यु
झापा । झापामा ट्याक्टरबाट खसेर सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामका २१ वर्षीय वसन्त राईको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार दमक नगरपालिका १ श्रेष्ठ चौक स्थितमा मे १ त ६०३२ नम्बरको गुडिरहेको ट्याक्टरबाट सह-चालक राई खसेर घाइते भएका थिए । घाइते राईलाई उपचारको लागी लाइफ लाइन अस्पताल दमक पुर्याए लगतै मृत्यु भएको प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय दमकले ट्याक्टर र चालक दमक ३ का कैलाश तामाङलाई नियन्त्रणमा लिएको छ ।