२०८२ बैशाख १२ गते , शुक्रबार

सेन्चुरी कमर्सियल बैङ्कको वार्षिकोत्सवमा रक्तदान

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २६ गते , बुधबार
सेन्चुरी कमर्सियल बैङ्कको वार्षिकोत्सवमा रक्तदान

बिर्तामोड । सेन्चुरी कमर्सियल बैङ्क बिर्तामोड शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सेन्चुरी कमर्सियल बैङ्कको दसौँ वार्षिकोत्सवको अवसरमा झापामा भइरहेको रगतको अभाव टार्न बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सेन्चुरी कमर्सियल बैङ्क बिर्तामोड शाखाका प्रबन्धक अजेश मण्डलले जानकारी दिए ।

रगतको अभावमा समस्यामा परेका बिरामीहरूको जीवन रक्षा गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा   बिर्तामोडस्थित वन स्टप मलमा भएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको उनले बताए ।

 कार्यक्रममा  नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले ७४ औं पटक र ओमकुमार भुजेलले ५१ औं पटक रक्तदान गरेको बताइएको छ ।

सरल बैङ्किङ सवैका लागि भन्ने नाराका साथ स्थापना गरिएको सेन्चुरी कमर्सियल बैङ्कले एक सय २२ वटा शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २१ वटा व्रान्चलेस बैङ्किङ , ८८ वटा एटिएम सेवा मार्फत वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार