२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोड उद्योग वाणिज्य संघको मतदान शुरु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १६ गते , आईतबार
बिर्तामोड उद्योग वाणिज्य संघको मतदान शुरु

झापा। आगामी तीनवर्षे कार्यकालका लागि बिर्तामोड उद्योग वाणिज्य संघको मतदान बिर्तामोडस्थित अग्रसेन भवनमा शुरु भएको छ । विहान सवा ८ बजेदेखि मतदान शुरु भएको हो । अध्यक्ष १ , वरिष्ठ उपाध्यक्ष १ , उद्योग उपाध्यक्ष १ , वाणिज्य उपाध्यक्ष १ , महासचिव १ , उद्योग सचिव १ , वाणिज्य सचिव १ , कोषाध्यक्ष १ , सहकोषाध्यक्ष महिला १ , सदस्य खुल्ला ७ , सदस्य महिला १ गरी १७ सदस्यीय कार्यसमितिका लागि मतदान भइरहेको हो ।

निर्वाचनमा पूर्व अध्यक्ष ११ जनासहित कूल ४ हजार ५५० जना मतदाता रहेका छन् । मतदानलाई व्यवस्थित बनाउनका लागि हरेक ५०० मतदाताका लागि एउटा लाइन गरी कूल ९ वटा लाइनको व्यवस्था गरिएको र हलभित्र पर्याप्त संख्यामा मतदान गर्ने स्थानको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत शेखर ढकालले जानकारी दिए । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित समाचार