२०८३ मंसीर ८ गते , सोमबार

भद्रपुरमा थ्रेसरमा आगलागी, एक लाखको क्षति

sajilo news
रासस
२०८३ मंसीर ८ गते , सोमबार
भद्रपुरमा थ्रेसरमा आगलागी, एक लाखको क्षति

धान झार्ने क्रममा थ्रेसरबाट आगो लाग्दा झापाको भद्रपुर नगरपालिका–९ का कृषक चन्द्रबहादुर कार्कीको धान जलेर एक लाख बराबरको क्षति भएको छ । आज दिउँसो १ बजेतिर भद्रपुर-९ पोकापाडा बस्ने कार्कीको खेतमा प्र१–०१–००१ त ८४९७ न.को ट्याक्टरबाट धान थ्रेसर लगाउने क्रममा थ्रेसरबाट अचानक आगो सल्किएको थियो ।

आगलागीबाट कार्कीको १ बिघा १० कट्ठा खेतमध्ये अन्दाजी १५ कट्ठाको धान पूर्णरूपमा जलेर नष्ट हुँदा अन्दाजी एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरमा सामान्य क्षति पुगेको छ । सो ट्याक्टरका साहु सोही ठाउँ बस्ने पर्वत राजवंशी रहेको बुझिएको छ ।

घटनास्थलमा प्रहरी चौकी घोडामाराको प्रहरी टोली, स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा दिउँसो २ः३० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित समाचार