भारत ‘ए’सँग नेपाल २६ रनमै अलआउट
एसिया कप राइजिङ स्टार अन्तर्गत नेपालले भारत ‘ए’सँग लज्जास्पद बेहोरेको छ। नेपालले भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको हो।
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो। भारतले दिएको ३३३ रनको लक्ष्य पछाएको नेपाल ११.३ ओभरमा २६ रन बनाउँदै अल आउट भएको हो।
नेपालका लागि पवन सर्राफ र रासिद खानले सर्वाधिक छ रन बनाए। प्रतिश जिसीले चार रन बनाए। ओपनरद्वय अर्जुन कुमाल र कुशल भुर्तेल डकआउट भए बसिरहमद र लोकेश बम तथा कप्तान सन्दीप लामिछाने पनि डकउट भएका हुन्।भारत ‘ए’का लागि बलिङतर्फ प्रिन्सी यादवले पाँच विकेट लिँदा हर्षित राणाले चार विकेट र सहबाज अहमदले एक विकेट लिए।
त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतका लागि कप्तान तिलक बर्मा र कुमार कुशाग्रले शतकीय पारी खेलेका थिए। कुमार कुशाग्रले ११७ रनको पारी खेल्दा कप्तान तिलक बर्माले १०७ रन बनाएका थिए। ओपनर वैभव सूर्यवंशीले २६ रन बनाउँदा अर्का ओपनर अभिषेक शर्मा ९ र वान डाउन आएका आयुष बडोनी उनी २ रनमा पेभिलियन फर्किएका थिए।
सूर्यान्श सेड्गे ३६ रनमा अविजित रहे। हालका लागि बलिङ तर्फ ललित राजवंशी र सन्दीप लामिछानेले ३३ विकेट लिएका थिए। नन्दन यादवले दुई विकेट लिदा पवन सराफले एक विकेट लिए। समूह बी मा रहेको नेपालले प्रतियोगिताको दोस्रो खेल नोभेम्बर २२ मा युएइसँग खेल्नेछ।