२०८३ मंसीर ६ गते , शनिबार

गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु

sajilo news
झापा
२०८३ मंसीर ५ गते , शुक्रबार
गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु

हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि भएको दुर्घटनामा २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो । उनी सर्लाहीको बरथवा नगरपालिका–१५, पिपराभित्ता बेलटोल निवासी हुन् ।

प्रहरीका अनुसार बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना ५४ प ८३२७ नम्बरको मोटरसाइकलमा पछाडि सवार विश्वकर्मा दिउँसो करिब १२ः३५ बजे अचानक सडकमा खसेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक मृतकका भतिजा नाता पर्ने १६ वर्षीय आकृत विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही घर भई हाल हेटौँडा–११ थानाभर्‍याङमा बस्दै आएका उनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार