२०८३ मंसीर ६ गते , शनिबार
आफैँलाई गोली हानेका प्रहरी हवल्दारको मृत्यु
काठमाडौंको टोखामा एक प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गर्दा मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेका छन्।
उनले बिहीबार राति आफ्नै कोठामा आफैँमाथि गोली प्रहार गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार गोली लागेर गम्भीर घाइते भएका ढकाललाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका अंगरक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।