२०८३ कार्तिक २७ गते , विहीबार

काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट ब्राउन सुगरसहित नेपाली पक्राउ

sajilo news
झापा
२०८३ कार्तिक २७ गते , विहीबार
काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट ब्राउन सुगरसहित नेपाली पक्राउ

झापाको काँकडभिट्टा–पानीट्याङ्की सीमा नाकामा ११८ ग्राम ब्राउन सुगरसहित एक नेपाली नागरिक पक्राउ परेका छन् । भारतीय प्रहरीको विशेष कारबाहीका क्रममा इलामको सूर्योदय नगरपालिका–९ निवासी वाङ्चेन योल्मो पक्राउ परेका हुन् । उनलाई पानीट्याङ्की सीमा क्षेत्रमा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका योल्मोमाथि भारतीय कानुनअनुसार एनडीपीएस ९नार्कोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्सटेन्सेस० ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार