२०८३ कार्तिक २७ गते , विहीबार

मेचीनगरमा सिटी सफारीको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु

sajilo news
झापा
२०८३ कार्तिक २७ गते , विहीबार
मेचीनगरमा सिटी सफारीको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु

झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक पैदल यात्री वृद्धाको मृत्यु भएको छ । हिजो साँझ ६;५० बजे मेचीनगर १५चौधरी चोकस्थित धुलाबारी– चन्द्रगढी सडक खण्डमा ज्यामिरगढी चोकबाट चौधरी चोकतर्फ आउँदै गरेको प्र१–०१–००३ ह ११०२ नं.को सिटीले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ७०की लटन राजवंशीलाई ठक्कर दिएको थियो ।

 

टाउको र नाकमा चोट लागेर घाइते भएकी राजवंशीलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगी डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । प्रहरी चौकी ज्यामिरगढीको टोली खटिएर सिटी र सिटी चालक सोही ठाउँ वर्ष ५९ का मोहन राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार