२०८३ कार्तिक २७ गते , विहीबार

भद्रपुरमा ग्याङफाइट, चारजना घाइते

sajilo news
झापा
२०८३ कार्तिक १६ गते , आईतबार
भद्रपुरमा ग्याङफाइट, चारजना घाइते

झापाको भद्रपुरमा ग्याङफाइट हुँदा चारजना घाइते भएका छन् । गएराति ११ः५५ बजे  भद्रपुर नगरपालिका-५ का वर्ष ३१ का रुपेश झा, सोही ठाउँका वर्ष ३३ का अजय सिंह, ३७ का गणेश सहनी र वडा नम्बर ६ का वर्ष ३८ का अर्जुन कामती, उनका भाइ वर्ष ३५ का सञ्जय कामती समहूबीच झडप भएको थियो । 

दुवै पक्षले मादक पदार्थ सेवन गरी कुटाकुट गरेको थियो । झडपको क्रममा बोतल प्रहारबाट रुपेश झाको टाउँको र घाँटीमा चोट लागेको छ । त्यस्तै अजय सिंहको छाती र टाउकोमा चोट छ भने गणेश सहनीको बायाँ आँखाको मुनि चोट लागेको छ । तीनै जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

घटना पश्चात् वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योञ्जङ तामाङको टोली पुगेको थियो । घटनास्थल तनावपूर्ण बनेपछि थप मदतको लागि जिल्ला प्रहरी कार्यालय झापाको मोबाइल टोली आइपुगेको थियो ।  उक्त झगडामा पश्चात् प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । एक जना भने फरार रहेकोले खोजतलास भइरहेको झापा प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार