२०८३ आश्विन ११ गते , आईतबार
झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । हिजो बिहान ८ बजे गौरादह नगरपालिका-४ स्कुलचौनस्थित भित्री पक्की सडक खण्डमा तत्काल अल्फावेट नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने ८१ वर्षीय लालबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो ।
बायाँ घुँडा र गोलीगाठोमा चोट लागेर गौरादह नगर अस्पताल गौरादहमा सामान्य उपचारपश्चात् उनलाई थप उपचारको लागि कोशी प्रादेशिक अस्पताल विराटनगरमा लगिएको थियो । उपचारका क्रममा आज बिहान ६ बजे उनको मृत्यु भएको हो । ठक्कर दिएर फरार भएको मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।