२०८३ आश्विन ६ गते , मंगलबार
बिर्तामोडमा आमरण अनसन बसेका जेनजी घाइतेलाई काठमाडौँ पठाइयो
झापाको बिर्तामोडमा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई काठमाडौँ पठाइएको छ । उपचारका लागि काठमाडौँ पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आजै जहाज मार्फत काठमाडौँ पठाइएको हो ।
भदौ ३० गतेबाट विभिन्न माग राख्दै आमरण अनसन बसेका दनुवारको थप उपचारका लागि काठमाडौँ पठाइएको प्रजिअ पोखरेलले जानकारी दिए । जेनजी घाइते र प्रतिनिधिहरूसँग पटक–पटकको वार्तामा पूर्ण सहमति नभएपछि तत्काललाई उपचारको व्यवस्था गर्न काठमाडौँ पठाइएको हो ।
अनसन बसेका दनुवारले घाइतेको निःशुल्क उपचार, शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतका माग राखेका थिए । उनलाई अन्य घाइतेहरूले सहयोग गरेका छन् ।