२०८३ आश्विन ६ गते , मंगलबार

झापामा भदौमा २५ विपद्का घटना, १९ लाख भन्दा बढीको क्षति

sajilo news
रासस
२०८३ आश्विन ६ गते , मंगलबार
झापामा भदौमा २५ विपद्का घटना, १९ लाख भन्दा बढीको क्षति

झापा । झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त महिनामा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ । कूल २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका रहेका छन् । जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ । यसबाट रु छ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्क रहेको छ ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको छ । चट्याङबाट रु एक लाख बराबरको क्षति भएको छ । प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए । 

सम्बन्धित समाचार