२०८३ आश्विन १ गते , विहीबार

चट्याङको आवाजले हृदयाघात भई झापामा एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८३ आश्विन १ गते , विहीबार
चट्याङको आवाजले हृदयाघात भई झापामा एक वृद्धको मृत्यु

चट्याङको ठूलो आवाजका कारण हृदयाघात भई झापामा एक वृद्धको मृत्यु भएको छ। कनकाई नगरपालिका–८ मा बस्दै आएका ८९ वर्षीय सोमनाथ अधिकारीको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । अधिकारीको स्थायी घर बाह्रदशी गाउँपालिका–६, कुमालगाउँ रहेको बताइएको छ। घटनाबारे बुझ्‌न प्रहरी टोली घटनास्थल गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए ।

सम्बन्धित समाचार