२०८३ आश्विन १ गते , विहीबार
इलाममा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु
इलाममा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति के–कुन समयमा इलाम देउमाई नगरपालिका-१ साधुगाउँस्थित साधुगाउँ–देउराली भित्री सडक खण्डमा साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र१–०१–००१ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिएको थियो । दुर्घटनामा चालक देउमाई नगरपालिका १ चमैता बस्ने वर्ष ३५ का तीर्थराज बस्नेतलाई सोही गाडीले थिचेर घटनास्थलमा नै मृत्यु भएको हो ।
आज बिहान ६ बजे घटनाबारे प्रहरी चौकी रक्सेमा जानकारी प्राप्त हुनासाथ ट्राफिकसहित ४ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गाडीमा चालक एक्लै सवार रहेको बुझिएको छ