२०८३ भाद्र १९ गते , शुक्रबार
सङ्खुवासभामा गोली हानेर एक शिक्षकको हत्या
सङ्खुवासभामा गोली हानेर एक जना शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिकामा–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार, गएराति ७ बजे शिक्षक राईमाथि गोली प्रहार गरिएको थियो । खाना खाएर हात धुन बाहिर निस्किएका बेला उनीमाथि भरुवा बन्दुक प्रहार भएको थियो ।
प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ । शिक्षक राईमाथि भरुवा बन्दुकको गोली प्रहार हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।