२०८३ भाद्र १९ गते , शुक्रबार

अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु 

sajilo news
झापा
२०८३ भाद्र १९ गते , शुक्रबार
अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु 

झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट गएराति एक पैदल यात्रीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ बाह्रघरेस्थित शनिश्चरे– जयपुर भित्री पक्की सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नम्बरको पल्सर मोटरसाइकलले पैदल यात्री सोही ठाउँका ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।  

यता मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका ११ का २८ वर्षीय रुपेश राई र मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार