२०८३ श्रावण २५ गते , सोमबार

ईलामेली फर्निचरबाट चिरानका काठ बरामद

sajilo news
झापा
२०८३ श्रावण २५ गते , सोमबार
ईलामेली फर्निचरबाट चिरानका काठ बरामद

सशस्त्र प्रहरी बल पाथीभरा गणद्वारा अवैध काठ बरामद गरेको छ । दक्षिणी इलामको चुलाचुली गाउँपालिका-६ स्थित एक काठ मिल बाट सशस्त्र प्रहरी बल ,नेपाल नं. ३८ रिजर्भ गण हेड क्वाटर झापा बाट खटिएको टोलिले आइतबार स्थानीय सोम बहादुर विश्वकर्माले सञ्चालन गरेको ईलामेली फर्निचरमा अवैध रुपमा लुकाइछिपाई राखिएको अवस्थामा चिरानका काठ बरामद गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित सोम बहादुर विश्वकर्माले सञ्चालन गरेको ईलामेली फर्निचरमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३८ रिजर्भ गण हेड क्वाटरको विशेष टोलिले अवधै काठ बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा सहायक प्रहरी निरीक्षक कृष्ण बहादुर पौडेलको कमान्डमा खटिई गएको टोली र सब डिभिजन वन कार्यालय बाह्रकोठेका सहायक धनिराम सिंह सहितको टोली र सब डिभिजन वन कार्यालय सुखानिबाट जम्दार मदन प्रसाद न्यौपाने तथा सब डिभिजन वन कार्यालय मधुमल्ला बाट रमेश मगर , प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी निरीक्षक कलित यादवका टाली गरी जम्मा ३१जनाको संयुक्त टोलीले काठ बरामद गरेको हो ।

टोलिले विशेष सूचनाको आधारमा काठ मिलमा खानतलासी गर्दा साल जातको चिरान काठ ४ सय ७१ दशमलव ३ क्यु। फिट अवैध काठ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पाथीभरा गणका प्रहरी उपरीक्षक दिनेश कुमार बस्नेतले जानकारी दिए ।

बरामद गरिएको काठको मुल्य ८ लाख १७ लाख ३ सय ३५ रुपैयाँ बराबर रहेको छ भने टोलिले बरामद गरेको काठ आवश्यक कारबाहीको लागी सब डिभिजन वन कार्यालय बाह्रकोठेमा बुझाएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

सम्बन्धित समाचार