२०८३ श्रावण २१ गते , विहीबार

पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेपछि...

sajilo news
झापा
२०८३ श्रावण २१ गते , विहीबार
पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेपछि...

रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेको छ।  रौतहटको गुजरा नगरपालिका–३ धनसर पुल नजिक पूर्वपश्चिम राजमार्गमा बाराको अमलेशगञ्जबाट सर्लाही जाँदै गरेको १२ हजार पेट्रोल बोकेको म.प्र ०३-००१ ख ७८११ नम्बरको ट्याङ्कर आज बिहान ५:३० बजेतिर दुर्घटना भएर आगलागी भएको हो।  

आगलागीबाट ट्याङ्कर पूर्णतया जलेर नष्ट भएको छ भने चालक सुरक्षित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए। आगो अहिले निभिसकेको र राजमार्ग सुचारु भइसकेको उनले भनाइ छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। 

सम्बन्धित समाचार