२०८३ श्रावण २० गते , बुधबार
झापाको टाङटिङ खोलामा एक व्यक्तिको शव फेला
झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाङटिङ खोलामा एक अज्ञात व्यक्तिको शव फेला परेको छ। प्रहरीका अनुसार टाङटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएको अवस्थामा अन्दाजी पुरुषको शव फेला परेको हो।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको जनाइएको छ। शव फेला परेपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान तथा मृतकको पहिचान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।