२०८३ श्रावण ८ गते , शुक्रबार

घरको फलैँचाबाट लड्दा ताप्लेजुङका युवकको मृत्यु

sajilo news
ताप्लेजुङ
२०८३ श्रावण ८ गते , शुक्रबार
घरको फलैँचाबाट लड्दा ताप्लेजुङका युवकको मृत्यु

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लड्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ३६ वर्षीय कुमार गुरुङ रहेका छन्।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार साँझ करिब ६ः३० बजे घरको सिमेन्टको फलैँचामा सुतिरहेका बेला गुरुङ अचानक तल खसेका थिए। लडेर गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

सम्बन्धित समाचार