२०८३ श्रावण ८ गते , शुक्रबार

हुलाकी सडक मोटरसाइकल दुर्घटना, गौरीगन्जका वरुणको मृत्यु

sajilo news
झापा
२०८३ श्रावण ८ गते , शुक्रबार
हुलाकी सडक मोटरसाइकल दुर्घटना, गौरीगन्जका वरुणको मृत्यु

मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको पत्ता लागेको छ । विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल राति करिब १०ः३५ बजे आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया लगिए पनि चिकित्सकले मृत घोषणा गरिदिएको न्यौपानेले बताए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाएको छ। 

सम्बन्धित समाचार