२०८३ असार २९ गते , सोमबार

स्कुटर दुर्घटनामा घाइते भएका अर्जुनधाराका अधिकारीको मृत्यु

sajilo news
झापा
२०८३ असार २९ गते , सोमबार
स्कुटर दुर्घटनामा घाइते भएका अर्जुनधाराका अधिकारीको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–९ बारघरेस्थित शनिश्चरे–जयपुर सडक खण्डमा भएको स्कुटर दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा निधन भएको छ।

१९ दिनअघि गत असार १० गते साँझ करिब ६ बजे शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ४५४ नम्बरको स्कुटरले बाटो काट्दै गरेको मे ९ प १५०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–९ निवासी ७० वर्षीय नरेन्द्रप्रसाद अधिकारी गम्भीर घाइते भएका थिए। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका अधिकारीलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालबाट घर लगिएका अधिकारीको आज बिहान ३.३० बजे घरमै मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा स्कुटरमा पछाडि सवार उनकी बुहारी सीता गौतम अधिकारीको हात र खुट्टामा सामान्य चोट लागेको थियो भने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी २० वर्षीय साहिल साह पनि सामान्य घाइते भएका थिए।

सम्बन्धित समाचार