थाइल्याण्डको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
थाइल्याण्डको एक लोकप्रिय पबमा सल्किएको आगोका कारण २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छ। ‘२७ वटा शवर बाहिर निकालिएको छ’, थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले सोमबार आगलागी भएको घटनास्थलबाटै टेलिभिजनमार्फत् भने, ‘केही मानिसलाई अस्पताल पठाइएको छ, हामी उनीहरूको अवस्थाको जाँच गरिरहेका छौँ।‘
अनुतिनका अनुसार पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले बताएअनुसार बिजुली बन्द हुनुअघि उनले मञ्चनजिकैको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए, त्यसपछि ठूलो विस्फोटको आवाज सुनियो र पबभित्र बाक्लो धुवाँ भरियो। धेरैजसो पीडितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएका थिए।
उद्धारकर्मीहरूले सेयर गरेको भिडियो फुटेजमा थाइल्यान्डको राजधानीको उत्तरी भागमा रहेको ‘ना लाडप्राओ’ पबको मुख्य ढोकाबाट आगोको ठूलो लप्का र मुस्लो निस्किरहेको देखिन्छ।
आकाशमा कालो धुवाँको बाक्लो मुस्लो फैलिरहँदा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्थे । उद्धारकर्मीहरूका अनुसार आगलागीको सूचना मध्यराततिर प्राप्त भएको थियो। आगो नियन्त्रणमा लिन करिब आधा घण्टा लागेको थियो।